LATEST NEWS

बेलायतमा नेपालीबाटै ठगिए नेपाली, २२ ठगी र १ चोरीको अभियोगमा जेल पुगे सन्दीप

Posted by Unknown ~ Monday, March 30, 2015



लण्डन-सन्दीप गुरुङ जो पूर्व गोर्खा सैनिक हुन्, उनले ५ हजार पाउण्ड चोरी गरे । जब उनी सन् २०१२ मा सफ्ट प्ले नामक कम्पनीको जनरल म्यानेजर भएका थिए । ३४ वर्षीय उनलाई गत सोमबार नर्थ हृयामटन क्राउन कोर्टमा पेश गरिएको थियो ।

 अदालतमा उनले एउटा चोरीको केश २२ वटा ठगी गरी जम्मा २८ हजार पाउण्ड अभियोग उनले स्वीकार गरेका छन् । उनले यी २३ वटा घटना सन् २०१३ को अगष्टदेखि सन् २०१४ को जनवरीसम्म घटाएका थिए । उनमा यो भन्दा बाहेक अन्य ५ हजार पाउण्ड ठगीको अभियोग पनि छ । अदालतअनुसार गुरुङलाई २००८ मा बेलायती आर्मीबाट निष्काशित गरिएको थियो । जब उनीमाथि ६ वटा चोरीको अभियोग लागेको थियो र २ पटक विना सूचना गायब भएका थिए ।

 उनीमाथि अहिले केश गरेका स्टेफन लोवनका अनुसार गुरुङलाई जंगल मेनियाको जनरल म्यानेजर पदमा सन् २०१२ को मार्चमा नियुक्त गरिएको थियो । उनले पहिले उक्त कम्पनीका मालिकको विश्वास जितेका थिए । जब स्टेफन लोवन पतिलाई हृद्धयघाट भएपछि १० दिनका लागि कामबाट छुट्टी लिएर आफ्नो श्रीमानलाई भेटन गएकी थिइन्, गुरुङले त्यतिबेला ५ हजार पाउण्ड सबै कर्मचारीहरुले देख्ने गरी कम्पनीबाट लिएर गएका थिए । जब स्टेफन अफिल फर्किएर पैसा लिएको बारेमा सोधखोज गरिन । अनि गुरुङले आफूले अफिसमा भन्दा पैसा घरमा सुरक्षित हुने ठानी लगेको र भोलिपल्ट फर्काउने उत्तर दिएका थिए ।


तर, गुरुङ त्यसपछि आफ्नो आमाका बितेको बहाना गरेर अफिस फर्केनन्, र धेरै दिनसम्म स्टेफनले सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन । यतिमात्र होइन्, गुरुङले ब्रुनाईको सुल्तानका कहाँ जागिर मिलाइदिन्छु भन्दैं बेलायतका नेपालीहरुबाट २८ हजार पाउण्ड ठगी गरेका थिए । स्टेफन भन्छिन्, 'उ सँग अरुलाई कन्भिन्स गर्न सक्ने राम्रो क्षमता थियो । 

त्यसैले उ अरुलाई सजिलै फसाउन सफल हुन्थ्यो ।' यस्तै नेपाली सोझासोझा गोर्खालीहरुलाई समेत गुरुङ बि्रटिस सरकारले पैसा दिनुपूर्व आफूलाई पैसा दिनुपर्ने भन्दै ठगीमा समेत संलग्न रहेका थिए । त्यसैगरी उनले घर बनाउदा लिएको लोनमा आफूले घटाइदिने भन्दैं १ हजार पाउण्डभन्दा बढी रकम उठाएको पनि खुल्न आएको छ । अदालतमा बयान दिदैं गुरुङले जुवामा हारेको ऋण तिर्न आफूले ठगी गरेका बताएका छन । उनले बयान केही पैसा आफूले घर पठाउन पनि ठगेको उल्लेख गरेका छन । 

 अदालतले उनले चोरी र ठगी गरेर गोर्खाली नाम बदनाम गरेको र अरुको विश्वासमाथि खेलवाड गरेको ठहर गर्दै उनलाई चोरीका लागि १० महिना र २२ वटा ठगी मुद्धाका लागि २२ महिना जेल सजाय सुनाएको गेट रिडिङ डट को डट युकेको समाचारमा उल्लेख छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply