LATEST NEWS

0 commentSaturday, August 1, 2015
नेपालका बाँदरले गाउँघरतिर खेतबारीका बालीनाली चोरेर हैरान बनाउँछन् भने सहरतिर पनि मान्छेलाई दुख दिन्छन् । मन्दिरतिर पुजा सामग्री, फलफूल जस्ता सामग्रीहरू चोरेर निकै सताउने गर्छन् । तर अहिलेसम्म नेपालका बाँदरले युवतीका वक्षस्थल ताकेको घटना सुन्न पाइएको छैन । 

नेपालका बाँदरले युवतीका वक्षस्थलमा आँखा लगाउने आइडिया नसिकेर के भो ? अमेरिकाका बाँदर भने यो कुरामा पोख्त भैसकेछन् । एक टेलिभिजन पत्रकार युवतीको स्तनमा एउटा बाँदरले हात हालेपछि यो कुरा प्रमाणित भएको छ की अमेरिकी बाँदर अब यौनको मामिलामा मान्छेलाई पनि पछि पार्दैछन् । अमेरिकाको क्यालिफोर्नियास्थित लोडी ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना रोडि्रगेज नामकी पत्रकार युवतीलाई बाँदरको एक प्रजाति बबूनले वक्षस्थलमा समाएको हो । 

फक्स ४० टेलिभिजनमा लाइभ रिपोर्टिङ गरिरहेका बेला बाँदरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी सुरुमा त झसँग भइन् । तर त्यो दृश्य टेलिभिजनमा समेत लाइभ प्रशारण भैरहेको हुनाले उनी संयमित भइन् । उनले बाँदरले आफ्नो स्तन समाएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै भनिन्, ‘उसले पनि केही अनुभव गर्न खोजिरहेको छ।’ केहीबेर अनुभव लिएर आफ्नो स्तनबाट हात हटाउला भन्ने उनको आशा थियो । तर मिकी नामको त्यो बाँदरले भने मरिगए छोडेन । 

निकै मज्जा आएको जस्तो गर्दै उसले मुस्कान छरेजस्तो गरी दाँत देखाएर पत्रकार महिलाका वक्षस्थल समाइरह्यो । बाँदरको त्यो बदमासीबाट हार खाँदै ती पत्रकारले आखिर आफ्नो लाइभ रिपोर्टिङलाई विसर्जन गर्नुपर्यो । उनले अन्त्यमा भनिन्,’हामी केहीबेरपछि बबूनले किन अंगुर मन पराउँदो रहेछ भन्ने कुराको जानकारी लिएर आउनेछौँ ।’ हुनत त्यो बाँदर आफै ती महिला पत्रकार सँग आएको भने होइन । लाइभ प्रसारणको क्रममा उनले सुरुमा त्यो मिकी बाँदरको परिचय गराउँदै उससँग हात मिलाएकी थिइन् ।
0 comment
काठमाडौ, श्रावण १६ - पेम्बा तामाङलाई धेरैले सायद अझै बिर्सेका छैनन् । महाभुकम्पको ६ दिनपछि जीवितै उद्दार गरिएका उनी देश/विदेशका सञ्चारमाध्यमका हेडलाइन बनेका थिए । भूकम्प आउनु अगाडिसम्म पेम्बालाई पृथ्वीमा यस्तो कम्पन हुनेबारे समेत राम्ररी थाहा थिएन । तर त्यस दिनको झण्डै एक मिनेटको धक्काले उनलाई एक सय २० घन्टा भग्नावशेषभित्र पुरिदियो । 



धन्न, पेम्बाको भाग्य र उद्दारकर्मीको सफलताले उनको उद्दार भयो । महाभूकम्पको तीन महिना बितिसक्दा पनि १५ बर्षे पेम्बालाई त्यो घटना हिजोझैं लागिरहेको छ । घरभित्र कतै छिर्‍यो कि फेरि भूकम्प आइहाल्छ कि भन्ने भयले अझै सताउँछ उनलाई । त्यही डरले उनलाई सपनामा समेत छाड्दैन । ज्यान निकै थाकेझैं हुन्छ । गोंगबुको चियापसलमा उनले सुनाए, ‘सुतेपछि उठ्नै सकिँदैनजस्तो लाग्छ । बल घटेझैं लाग्छ ।’ तर पेम्बा त्यति कमजोर बालक होइनन् । 

उनको कथाले त्यही भन्छ । कलिलै उमेरदेखि जिम्मेवारी बोक्न थालेका उनलाई सास्ती पनि सानैमा ठूलै पर्‍यो । नुवाकोट, गोर्‍स्याङका उनलाई तिथीमिथिको त्यति हेक्का हुँदैन । तर, सम्झन्छन्, ‘त्यस्तै ३ बर्षअघि आमासँग काठमाडौं आ’को ।’ आमा रोजगारीका क्रममा कुवेत पुगिन्, पेम्बा काठमाडौंमा बसे । होचो कदको चुलबुले पेम्बा साँझदेखि विहानसम्म नयाँ बसपार्क वरपर डुल्थे । उनको काम हुन्थ्यो, भुवनेश्वरी होटलमा बस्ने, खाने ग्राहक खोजेर ल्याउने । अनि दिनभर सुत्थे उनी । त्यसरी काम गर्दा कमाई कति हुन्थ्यो कहिल्यै हेक्का भएन उनलाई । चाहिएको बेलामा साहुसँग थोरैथोरै पैसा माग्थे । भूकम्प आएको दिन केहीबेर अघि मात्र उठेर खाना खान थालेका थिए । 

उनले सुनाए, ‘त्यसबेलै थकान मरेको थिएन, त्यसपछि त विजोगै भयो ।’ भाग्दाभाग्दै उनीमाथि घर बजारियो, धन्न उनी एउटा सुरक्षित कुनामा परे, हात फैलाउँदा घ्युको सिसि भेटियो जसकै भरमा उनी १ सय २० घन्टा भग्नावशेषबीचमा बस्न सके । पेम्बा धेरै बोल्दैनन् । पत्रपत्रिकामा उनीबारे के छापिए उनलाई त्यतिसारो मतलब पनि छैन । ‘फेसनेवल’ पेम्बा आफ्ना साथीहरुसँगै हुन्छन् धेरैजसो । अहिले पनि धेरैबेर उनी बाहिर डुलेरै बिताउँछन् जसले गर्दा भुकम्पको त्रासदी मेट्न सजिलो हुन्छ कि भन्ने लाग्छ उनलाई । आफसँगै काम गर्ने केही साथी गुमाएको पनि पीडा छ उनलाई । प्रिन्टेड टिसर्टमाथि टाँक नलाइकन चेक सर्टमा थिए उनी । हातमा ट्याटु खोपेका । कपाल कोरियन स्टाइलको बनाएका । भुकम्पपछि एकजना शुभेच्छुकले उनलाई अंग्रेजी भाषा कक्षा भर्ना गरिदिएकी छन् । अहिले उनी दैनिक ३ घन्टा त्यही कक्षामा बिताउँछन् । 

नेपालीबाट अंग्रेजीका शब्द सम्झनु र विस्तारै तिनलाई वाक्यमा ढाल्नु उनको गृहकार्य हुनेगर्छ । गाउँमै पाँच कक्षासम्म पढेका उनलाई अरु धेरै स्कुल धाउने रहर भने छैन । भाषा कक्षा सिके बिदेशमा काम पाउन सजिलो हुन्छ कि भन्ने लाग्छ उनलाई । पेम्बाले जानेको सीप म:म बनाउने हो । गाउँमै छँदा एक हुल दाईहरुसँग उनी भारतको पञ्जाब पुगेका थिए । त्यतिखेर उनी १० बर्षका मात्र थिए । पञ्जाबमा म:मको प्याकिङ गर्ने कम्पनीमा काम पाए उनले । चिकेन, पनिर र भेज म:म बनाउन आउँछ उनलाई । त्यहाँ झण्डै २ बर्ष त्यहाँ बिताउँदा उनले घरमा कमाएर ३० हजार पठाएका थिए । 

‘पछि घरको न्यास्रो लाग्यो र फर्किएँ,’ पेम्बाले भने, ‘गाउँमा कोही नभएपछि फेरि काठमाडौं आएँ ।’ उनका बुवा सूर्य तामाङ काठमाडौंमा ट्याक्सी चलाउने काम गर्छन् । भुकम्पपछि भने पेम्बा आफ्नी दिदी र भाईसँग स्वयम्भुमा बस्छन् । भुकम्पमा पुरिँदा उनको मनमा धेरैचोटी गाउँ छाडेर किन काठमाडौं आएँ भन्ने लागिरह्यो । तर पनि उनलाई आफू बसेका सबै ठाउँ उत्तिकै प्रिय छन् । भन्छन्, ‘जहाँ बस्यो त्यहीं रमाइलो ।’
0 comment
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ । 



महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् । 

यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । 

यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन । 

स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् । 

यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर 'कस्तो नरम ओच्छ्यान' वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
0 comment

0 commentFriday, July 31, 2015


तपाईले अहिलेसम्म यस्तो घटना सायदै सुन्नुभएको होला । बाबुले छोरीलाई जबरजस्ती बलात्कार गरेको सुन्नुभएको होला तर छोरीले नै बाबुसंग फिदा भएर यौनसम्बन्ध बनाएको सुन्नुभएको नहोला । तर यो सत्य हो । विश्वमै यो पहिलो नौलो घटना पनि हो । २४ वर्षीय नताशा जोस चेनियरले आफ्नै बाबुसंग प्रेम गरेर यौनसम्बन्ध बनाएकी हुन् । त्यो पनि ५०औं पटक । यो घटना क्यानडा वैनकाउवरको हो । 

खबर अनुसार नताशा ६ महिनाको गर्भमा रहेको बेला बाबु आमाबीच सम्बन्ध विच्छेद भएको थियो । पहिले जब उनी १९ वर्षकी थिईन् । तब मात्रै उनको बाबुसंग फोन सम्पर्क भएको थियो । फोनमा कुरा हुँदा नताशा बाबुसंग भेट्न गएकी थिईन् । तर बाटो सुन्दर पुरुष भेटिएपछि उनी बाबुलाई भेट्न गइनन् । ती सुन्दर पुरुषसंग उनको प्रेम बस्यो । कति दिन रिलेशनसिपमा बसे । मजाले यौनजीवनको आनन्द लिए । तर ती सुन्दर पुरुष नै तिनका बाबु थिए । 

त्यो कूरा उनले पछि मात्रै थाहा पाईन् । नताशाले बताएअनुसार जब उनकी आमा १९ वर्षकी थिईन् । त्यो बेला उनका पिता कैजुअलका साथ रिलेशनसिपमा थिईन् । त्यै बेला नताशाकी आमा गर्भवती भईन् । गर्भवती भएको थाहा पाएपछि उनकी आमालाई बाबुले छाडेका थिए । नताशालाई उनकी आमाले एक्लै पालनपोषण गरेकी थिईन् । छोरी नताशाले बाबुसंग सहमतिमै यौनसम्पर्क गरेको बताएकी छिन् । यो घटनाले विश्वमा एकखालको तरंग ल्याएको छ । 

एजेन्सीको सहयोगमा
0 comment
रोल्पामा जन्मिएकी ज्योती मगर पछिल्लो समय लोकदोहोरी संगीतकी लोकप्रिय अनुहार हुन् । प्रारम्भमा डान्सरको रुपमा करियर प्रँरम्भ गर्ने ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरुमा अभिनय गरिन् । अभिनय गर्दा गर्दै उनी करिव पाँच वर्षअघिदेखि सांगीतिक क्ष्ँेत्रतर्फ आकर्षित भइन् । स्कँले जीवनमै नृत्यसंगै लोक गीत समेत गुन्गुनाउने ज्योतीले लोक गीत संगीतमा पाइला राखेदेखि पछाडि फर्किएर हेर्नु परेन । उही मँलाको सिन्की, उही मँलाको चाना… गीत लोकप्रिय भएपछि उनले स्वदेशमा मात्र होइन विदेशमा समेत आफ्नो गायन प्रतिभा प्रदर्शन गर्ने अवसर पाइन् । 



प्रायः यौन भावना झल्कने दुई अर्थि गीत गाएर लोकप्रिय भएकी यी गायिका सांगीतिक कार्यक्रमको क्रममा सन् २००८ मै अष्टेलिया पुगेकी थिइन् । त्यसअघि र पछि उनले यँरोपका आधा दर्जन मुलुक सहित जापान, कोरिया, मलेशिया, कतार, दुबई, साउदी अरब आदि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन् । वर्ष २०१३ को तीजको अवसर पारेर तयार पारिएको गीति एल्बम खिच्देउ एउटा फोटो कारण यतिबेला काठमाडौंका विभिन्न तीज विशेष कार्यक्रममा व्यस्त भैरहेकी ज्योती तीज लगत्तै विदेशका केही शहरमा कार्यक्रम प्रस्तुत गर्दैछन् । ज्योतीले यसअघि गत वर्ष पहिलो पटक तीज विशेष एल्बम साडी किनियो श्रँेतामाझ ल्याएकी थिइन् । उक्त एल्बमको शीर्षक गीत लोकप्रिय भएपछि उनले यो वर्ष पनि तीज गीतलाई निरन्तरता दिएकी हुन् । एउटा मगर चलचित्रमा नायिकाको भँमिका निर्वाह गरिसकेकी ज्योतीलाई लोकसंगीत क्ष्ँेत्रमा सेक्सी गायिका पनि भनिन्छ । 

तीजको पँर्व सन्ध्यामा पशुपति क्ष्ँेत्रमा फोटोसेसन गरिरहेको अवस्थामा भेटिएकी ज्योतीसंग द नेपाली टाइम्स अष्टेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टकः उत्ताउला लोक गीत गाउने तपाईं नै नम्बर एक गायिका भनिन्छ नि ? (लामो हाँसो…) लोक गीत हल्का उत्ताउलो भएन भने कसले पो सुन्छ र उत्ताउलो भन्दा पनि दुई अर्थी शब्द राख्नै पर्ने बाध्यता चाहिँ छ । तपाईंलाई मन पर्ने आफ्नै पाँच वटा गीत के के हुन् ? उही मुलाको सिन्की, चौबन्दीमा च्याट्टै, अँध्यारोमा लाको माया, साडी किनियो, देखाउ छोटो छोटो… ज्योती मगरलाई हट र सेक्सी गायिका पनि भनिन्छ नि ? मैलै गाउने गीत, अभिनय गर्ने म्युजिक भिडियो, मैले गर्ने फोटोसेसन तथा मेरो हाउभाउका कारण दर्शकहरुले मलाई हट र सेक्सी भन्नु भएको हो । वास्तवमा म ग्ल्यामरस युवती हुँ तर भल्गर चाहिँ छैन । सेक्सी नै चाहिँ किन भनिएको होला ? शायद हेर्ने मान्छेको नजर नै सेक्सी भएर हो कि ? सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ? यो त प्रँकृतिक कुरा हो । उमेर पुगेका महिला र पुरुषबीच हुने एक प्रकारको आकर्षणको अन्तिम बिन्दु नै सेक्स हो । 

नेपाली समाज सेक्सका बारेमा किन उदार हुन नसकेको होला ? मुख्य कुरा त यौन शिक्षाको अभावले गर्दा हो । यसबाहेक समाजमा यौन कुण्ठाले पिडित भएका मानिसहरुको संख्या बढि भएकाले हो । नेपाल र भारतमा यौन कुण्ठाकै कारण बलात्कारका घटनाहरु घटिरहेको हामीले समाचारमा पढिरहेकै छौं । यस्ता घटना कम गर्न के गर्नु पर्ला ? यौन शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गरिनु पर्दछ । अन्त्यमा, भविष्यमा कस्तो गीत गाउँदै हुनुहुन्छ ? चाँडै नै एउटा नयाँ गीत रेकर्ड गर्दैछु, जँन गीत पिरतीमा दम छ एल्बममार्फत बजारमा आउने छ । गीतको पहिलो हरफ यस्तो छः पहिलो पल्ट जवानी भंग भो, सम्झि सम्झि पापी मन दंग भो, पिरतीमा दम छ, हाम्रै जोडी जम्छ।
0 comment
राजधानीको सुविधा सम्पन्न परिवारमा जन्मे हुर्किएकी मैले कुनै कुराको अभाव व्यहोर्नु परेको त थिएन । माध्यामिक तहको पढाईसम्ममा म अव्वलनै विद्यार्थी थिएँ । ट्युसन, स्कूलको पढाईले अन्य कुरामा ध्यान जाने फुर्सदै हुँदैन थियो । माध्यामिक स्कूलसम्म मेरा कम मात्र मन मिल्ने साथी थिए । घर नजिकै विद्यालय भएकाले पढाईको चापका कारण अन्त मन डुलाउने, साथीसंगी बनाउने फुर्सद पनि भएन । 

मैले प्रवेशिका परीक्षा विशिष्ट श्रेणीमा उतीर्ण गरेँ । प्रवेशिका परीक्षा उतीर्णसँगै म थोरै फुकूवा पनि भएँ । साइन्स पढ्ने रहर हुँदा हुँदै पनि परिवारका दवावका कारण म व्यवस्थापन संकाय पढ्न बाध्य भएँ । स्कूलको फलामे अनुशासनबाट एकैचोटी बाहिर आएकी मलाई कलेजको अनुशासनको सीमा निकै फराकिलो लाग्दैथियो । स्कूलमा नजिकैको परिवेशका साथीहरूकोमात्र संगत पाएकी मैले कलेजमा भने टाढा–टाढाका साथीहरूको संगत गर्ने मौका पाएँ । त्यसमध्ये त अधिकांश राजधानी बाहिरकै थिए । 

राजधानी बाहिरका पनि हुने खानेका छोराछोरी पढ्ने कलेज भएका कारण अधिकांश होस्टलमा बसेर पढ्ने खाले थिए । उनीहरूको लवाई खवाई निकै भड्किलो प्रकृतिका थिए । राजधानीको स्थायी बासिन्दा भएपनि मेरो परिवारले मलाई उनीहरु जति खर्च नगरेको भान हुन्थ्यो मलाई । उनीहरू प्रत्येक शनिबार नयाँ नयाँ ठाउँ जाउँ भन्थे । विदा या अन्य छुट्टिका दिन पनि उनीहरू कुनै ठाउँ पुगेकै हुन्थे । व्वायफ्रेण्ड, गर्लफ्रेण्ड त प्रायः सवैका थिए । ११ कक्षाको तीन/चार महिना नवित्दै मेरो पढाई डामाडोल हुन थाल्यो । फ्रस्र्ट टर्म एक्जाममै कमजोर नतीजा आएको थियो । तर हामीले समयमा फी बुझाउने भएका कारण कलेजले अनावश्यक कम्प्लेन गरेर दुःख दिँदैनथ्यो । त्यसकारण मेरो पढाई बिग्रिएको कुरा घरमा थाहा हुने कुरै भएन र कलेज सुरू भए देखि नै घरमा मैले आफूलाई स्कूटी चाहिएको कुरा बताएको थिएँ । तर, घरपरिवारले वेला भएको छैन भन्दै मेरो कुरामा खासै ध्यान दिएका थिएनन् । मलाई भने आफूसँग स्कूटी नहुँदा साथीसंगीसँग घुम्न जान तथा कलेजै आवत जावत गर्न पनि अप्ठ्यारो भइरहेको थियो । 

मेरो एक जना मन मिल्ने साथी थिई मोनिका (नाम परिवर्तन) । उसको घर विराटनगर हो । उसका बुबा व्रिटिस लाउरे भन्थी । कलेज गएकै दिनदेखि उसँग मेरो घनिष्टता बढेको थियो । उसँग मैले प्रायः सवै कुरा सेयर गर्दथेँ । मलाई स्कूटी आवश्यकता परेको पनि उसैलाई सुनाएकी थिएँ । ऊ अरु साथीभाइ भन्दा बढी नै तडक भडक गर्दथी । बजारमा नयाँ नयाँ मोवाइलका ब्राण्ड आउने बित्तिकै उसलाई नयाँ मोवाइल चाहिहाल्थ्यो । होस्टलमा बस्ने भए पनि उसलाई पनि उसका परिवारले अड्कलेर मात्रै पैसा पठाउँथ्यो । तर पनि उसको हाऊ भाऊ र भड्किलो व्यवहारले मलाई अचम्मित बनाएको थियो । हप्तैपिच्छे रेष्टुरेन्ट जाने, फेरि फेरि कपडा लगाउनु पर्ने उसको वानीलाई कहाँको स्रोतले पूर्ति गरिरहेको थियो त्यसबारे म अनभिज्ञ थिएँ । उसले कतिपल्ट मलाई पनि रेष्टुरेन्ट लगेकी थिई । यता ११ को फाइनल परीक्षा नजिँकिँदै थियो उता आफ्नो दिमाखमा स्कूटीको चाहना सवार भइरहेको थियो । आफूले भनेको माग पुरा नगरिदिएकोले घर परिवारलाई देखाउनकै लागि भएपनि मैले जसरी पनि स्कूटी किन्नै पर्ने भएको थियो । एक दिनको कुरा हो, मलाई कलेज छुट्टि भएपछि मोनिकाले बागबजार घुम्न जाउँ भनी । मैले पनि घर परिवारसँग कुरा मिलाएर उसँग घुम्न जानका लागि राजी भएँ । त्यस पछि हामी बागबजार पुग्यौँ । 

त्यहाँ दुई जना मानिसहरू थिए । हेर्दा अत्यन्त धनीमानी जस्ता देखिने ति मानिसहरूलाई देख्ने वित्तिकै मोनिकाले हात हल्लाई । तत्तकालै उनीहरूले हामीलाई आफ्नै कारमा राखेर ठमेलको एउटा होटलमा पुर्याए । होटलमा मलाई खानेकुरा अर्डर गरेर उनीहरू एकछिन् वेपत्ता भए । त्यहाँ उनीहरू करिव ३० मिनेट हराए । ३० मिनेट पछि मोनिका मात्र आई उनीहरू आएनन् । मोनिकाले मलाई यस्तो प्रस्ताव राखी त्यो सुन्दा म सुरूमा त छाँगोबाट खसेको जस्तै भएँ । पछि मलाई मोनिकाले सम्झाई र आफू पनि करिव तीन महिना अघि देखिनै त्यस्तो काममा लागिसकेको बताई । त्यो सुन्दा मलाई झन् विश्वास मान्न गाह्रो भयो । पछि उसले कसैले थाहा नपाउने र तिम्रो स्कूटी किन्ने चाहना पनि पुरा हुने बताएपछि म उसको कुरामा राजी भएँ । भोलि त्यही ठाउँमा भेट्ने भन्दै म उबाट छुट्टिएर आफ्नो घरमा आएँ । घरमा आउँदा पनि हलुका भएको थिएन । मथिङ्गलमा के–के कुरा आइ रहे । एक मनले सोच्थ्यो, धत् त्यस्तो काम पनि गर्छन्, अर्को मनले भन्थ्यो मोनिकालाई हेर ऊ अरू भन्दा कति भिन्न छे, उसको लवाई खवाई र भड्किलो खर्च गराईको कसले मात्र तारिफ गर्दैन ? अर्को मनले नै जित्यो । त्यसपछि मैले घरमा जागिर मिलेको र भोलिबाट काममा जानुपर्ने भनेर ढाँटे । परिवारले पनि कहाँ काम मिल्यो, काम कस्तो, खासै सोधिखोजि गरेनन् । त्यसपछि म झनै फुक्का भए । भोलिपल्ट हामी उनीहरूले भनेकै ठाउँमा पुग्यौँ । त्यहाँ हिजै भेटेका मानिसहरू थिए । 

यसरी ठमेलको एउटा होटलमा मैले स्कूटीकै चाहनामा पहिलो पटक शरीर परपुरूषलाई सुम्पिएँ, जवानी विसाएँ । कुमारित्व तोडेँ । उनीहरूले त्यस्तै २० हजार दिए । तर, मेरो हातमा १० हजार मात्र पर्यो आधा पैसा मोनिकाले नै लिई । अहिले सम्झँदा पनि निकै रुन लाग्छ । मन भक्कानिएर आउँछ । त्यो वाध्यता थियो या रहर मैले केही सोच्न सकेको छैन । त्यस दिन म राति अवेर घर पुगेको थिएँ, मन बेचैन बनाएर । परिवारले कामको पहिलो दिन भनेर खासै वास्ता गरेनन् । त्यसपछि मेरे दैनिकीमा एकाएक परिवर्तन आयो । घरमा ट्राभल अफिसमा काम गर्ने, ठमेलमा कार्यालय रहेको भनेर ढाँटेकी थिएँ । त्यसैले ठमेल तिर कसैले देख्दा मलाई आपत्ति हुँदैनथ्यो । बुबाको सरकारी जागिर, दाजु उपत्यका बाहिर र आमा घरमै व्यस्त हुने हुनाले ममाथि निगरानी राख्ने कोही थिएन । म विहानै कलेज जान्थे र हप्तामा एक दिन त्यस्तो ग्राहककोमा जान्थेँ । साथी मोनिका नै थिई । ग्राहक खोज्ने काम मोनिकाकै थियो । केही पुराना केही नयाँ तर एकदम पैसापाल थिए हाम्रा ग्राहक । कति त रातै विताऔँ भन्दथे तर पनि घरपरिवारले थाहा पाउने भयले म रातै चाँही विताउन्न थिएँ । मोनिका भने धेरै जसो ग्राहकसँग रातै विताउँथी । म हप्ताको सात देखि १० हजार सम्म कमाउने थालिसकेको थिएँ । त्यस्तैमा ११ को बोर्ड एक्जाम पनि दिएँ । परीक्षा राम्रो हुने कुरै भएन । त्यसको दुई महिना पछि स्कूटी पनि किनेँ । जीवनको महत्वपूर्ण चाह त पुरा भयो तर म अर्कै दलदलमा फसिसकेको थिएँ । कक्षा ११को परीक्षामा राम्रो नतिजा आएन, तर फेलै पनि भइनँ । काम गर्न थालेकोले बिग्रियो होला भनेर परिवारले पनि खासै चिन्ता लिएनन् । र, म नचाँहदा नँचाहदै त्यस्तो दलदलमा फस्न पुगेँ । 

ग्राहक उच्च घरानाका हामी प्रायः 

उच्च घरानाका व्यक्तिहरूकै सम्पर्कमा हुन्थ्यौँ र प्रायः एउटै होटल जान्थ्यौँ । त्यसमध्ये हाम्रो अधिकांश नियमित ग्राहक थिए । त्यसैले हामीलाई कसैले शंका गर्दैनथे । हामीसँग यौनकर्म गर्न आउने ग्राहकहरू व्यापारिक घरानाका थिए । उनीहरूले हामीलाई मनग्ये पैसा दिन्थे । सुरूमा मोनिकाले नै चिनजान गराएकी भएपनि पछि उनीहरूले सिधै मसँग सम्पर्क गर्न थाले । उनीहरू प्राय नयाँ नयाँ युवतीसँग सम्पर्क राख्न चाहने हुनाले ति युवती खोज्ने जिम्माचाँही मोनिकाले नै लिएकी थिई । उसले हाम्रै कलेज पढ्ने अरू दुई युवतीलाई पनि उनीहरूसँग भेट गराएकी थिई । 

त्यो कामबाट बाहिर आउने चाहना 

सुरूमा नचाँहदा नचाँहदै त्यस्तो काममा लागेता पनि अहिले घरपरिवार र समाजले थाहा पाउने चिन्ताले पेशाबाट बाहिर फर्कने मन छ, तर पनि त्यही अनुसारको खर्च गर्नेबानी परिसकेकाले त्यो पेशाबाट फर्किहाल्ने अवस्था बनेको छैन । अर्को तर्फ मनग्ये पैसा कमाइने र समाज परिवर्तनशील र यौनमा उदार बन्दै गएकाले यहि पेशा सहज हुन्छ जस्तो पनि लागेको छ । ग्राहकहरू आफ्नो यौनजीवन र स्वास्थ्यप्रति आफैँ सचेत हुनाले त्यस्तो सम्बन्ध सुरक्षितै पनि छ । 

थुप्रै युवती त्यस्तो कार्यमा 

समाज बढी उपभोक्ताबादीबन्दै गएकाले आवश्यकता पूर्तिका लागि युप्रै प्लस टू व्याचलर पढ्दै गरेका युवतीहरू पनि यस्तो कार्यमा लागेका हामीले पाएका छौँ । नयाँ नयाँ मोवाइल, स्कूटी र भड्किलो जीवनशैलीको चाहको कारण उनीहरूलाई घर परिवारले दिएको पैसाले मात्रै धान्न सक्ने अवस्था छैन । परिवारको खर्चले नपुगे पछि उनीहरू हाम्रै जस्तो पेशामा आइपुगेका छन् । उनीहरूको ग्राहक पनि हाम्रा जस्तै पैसावालाहरू छन् । धेरै जसो उपत्यका बाहिरका र कोठा भाडा लिएर बस्नेहरू छन् । केही होस्टलमा बसेर पढ्नेहरू पनि त्यस्तो कार्यमा लागेको मैले भेटेको छु । त्यस्ता थुप्रै युवती धुम्रपान मध्यपान गर्दछन् । तर म भने रक्सी, चुरोट केही खान्न । वाइन सम्म लिएकी छु । र मेरा ग्राहकहरू पनि त्यस्ता छैनन् । (समिक्षा केसी (नाम परिवर्तन)सँग कुराकानीमा आधारित) 

प्रस्तुतिः रामनाथा खनाल, सम्बन्धित डाटा: स्रोत: नेपालपाटी