LATEST NEWS

नेपाल तीन रनले पराजित

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015

काठमाडौं - आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियन्सिप अन्तरगत स्कटल्यान्ड विरुद्धको खेलमा नेपाली टिम ३ रनको झिनो अन्तरले पराजित गरेको छ । अनिल मण्डलले सतक बनाएको खेलमा नेपाली ब्याट्म्यानहरुले उत्कृृष्ट खेल पस्के पनि झिनो हार टार्न सकेनन् । आईसीसी विश्वकप क्रिकेटमा लज्जास्पद प्रदर्शन गरेको नेपाली टिमले विश्वकप छनोट खेलको उपाधि जितेको स्कटल्यान्डलाई कडा टक्कर दियो । 



स्कटल्यान्डले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाउँदै २३२ रनमात्र बनाउन सकेपछि झिनो पराजय भोग्न बाध्य भयो । नेपालका लागि ओपनर अनिल मण्डलको प्रदर्शन लोभलाग्दो थियो । उनी तीन रनले करियरकै दोस्रो सतक बनाउन चुके । उनले ९१ बलमा ९७ रन बनाउन सफल भए । उनको पारीमा ९ चौका र १ छक्का सामेल थियो । त्यसैगरी कप्तान पारस खड्काले ५७ बलमा ७७ रन बनाए । त्यस क्रममा उनले २ छक्का र ५ चौका हाने । त्यसैगरी अर्का ओपनर महेश क्षेत्रीले ३९ बलमा २१ रन बनाए । 

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल २४ बलमा १८ रन बनाइ आउट भएका थिए । नेपालका लागि सोमपाल कामीले ११ रनको योगदान दिए । अन्यले दोहोरो स्कोर गरेनन् । स्कटल्यान्डका लागि गभिन मेनले २ विकेट लिए । त्यसैगरी स्याफान सरिफ र कोन डे लेन्जले १÷१ विकेट लिए । नेपालले स्कटल्यान्डसँगको दोस्रो खेल भोलि खेल्ने छ । पहिले ब्याटिङ गरेका स्कटल्यान्डले पुरै ३६ ओभर खेल्दै २३५ रन जोडेको थियो । 

स्कटल्यान्डका लागि प्रिस्टन मोम्सेनले ६२ बलमा सर्वाधिक ७२ रन जोडे । नट आउट रहेका कोन डे लन्जले ४१ बलमा ५५ रन बनाए । त्यसैगरी कोएल कोट्जरले ४१ रन बनाए । नेपालका लागि पारस खड्का र बसन्त रेग्मीले २-२ विकेट लिए । त्यसैगरी सोमपाल कामी र करण केसीले १-१ विकेट लिए । नेपालले स्कटल्यान्डसँगको दोस्रो खेल भोलि खेल्ने छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply