LATEST NEWS

तर बलात्कारको आरोप लाग्ला कि भन्ने डर छ ?

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015



एजेन्सी– तपाईलाई सेक्स गर्न मन छ तर बलात्कारको झुठो आरोप लाग्ला कि भन्ने डर लागेको छ भने अब चिन्ता लिनु पर्दैन । आपसी सहमतिमा भएको सेक्सको साक्षी बसिदिने एप्स तयार पारिएको छ । ‘वि–कंसेंट’ नामक यो एप्सको माध्यमबाट सेक्स गर्नु अघि युजर्सले आफू कोसँग सेक्स गर्दैछु भन्ने २० सेकेन्डको भिडियो क्लिप बनाएर सुरक्षीत राख्न सक्छन् । 

यो एपले त्यो बेला मात्रै काम गर्छ जब यसको क्यामेरा अगाडि मानवीय अनुहार र स्पष्ट शब्दमा कुराकानी सुन्न सकिन्छ । केही मानिसहरुले यो एप्सको दूरुपयोग हुने सम्भावना पनि औल्याएका छन् । इंग्ल्यान्ड र वेल्सस्थित रेप क्राइसिस नामक सहायता ग्रुपकी प्रवक्ता केटी रसेलले भनिन्,‘ यदि कोही क्यामरा अगाडि सेक्सका लागि ‘एस’ भनिरहेको छ भने यसको मतलव यो हुँदैन कि यसले आफ्नो सहमति दिएको छ । सहमति त पूर्ण स्वतन्त्रता र खुसीका साथ दिनुपर्छ ।’ 

‘यदि कसैलाई डर धम्की दिएर सेक्स गरियो र ठूलो आवाजमा ‘एस’ भनियो भने पनि यो निश्चित हुँदैन कि त्यहाँ वास्तवमा के भएको थियो ? – रसेलले भनिन् । एप्सका एक विशेषता के छ भने यदि यूजर्सले सेक्सको लागि सहमति लिएको छैन भने एप्सले रिकर्डिङ बन्द गरिदिन्छ । एप्सका विकासकर्ताहरुका अनुसार एप्सले लिएको डाटा सात वर्षसम्म इनक्रिप्टिेड रुपमा सुरक्षीत राखिन्छ । जुन कानूनी संस्थाहरुलाई मात्र उपलब्ध हुनेछ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply