LATEST NEWS

उनकै पिएले गरे वामदेवमाथि कारबाही माग

Posted by Nepali Blogger ~ Monday, July 27, 2015



काठमाडौं, साउन ११ – तेस्रोपटक गृहमन्त्रालयको बागडोर सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको सचिवालयमा कार्यरत कर्मचारीहरु नै उनीविरुद्द क्रियाशील रहेको खुलासा भएको छ । 

जतिपटक गृहमन्त्री भए पनि उनको सचिवालयमा सदाबहार पीए बस्दै आएका जयराम भण्डारी र एमालेनिकट कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकाल लगायतका कर्मचारीहरुले गौतममाथि अनुशासन उल्लंघन गरेको आरोपमा काबाही गर्न माग गरेको एउटा पत्र साँघुले फेला पारेको छ । निजामती सेवा ऐनको २४ को उपदफा (घ१) अनुसार शाखा अधिकृतमा बढुवा भएका भण्डारी र ढकाल गृहअन्तर्गतका अध्यागमन कार्यालय, आकर्षक जिल्ला प्रशासन कार्यालयमा सरुवा गर्दै फाइदा लिनेमा पर्छन् । 

गृहमन्त्री गौतमले अहिलेसम्म तीनपटक गृहमन्त्रालय सम्हाल्दा भण्डारी र ढकालले सरुवामा लाभ लिने गरेका छन् । गृहमन्त्री गौतमले अतिविश्वास गरेका तिनै भण्डारी र ढकालले उनीमाथि अनुशासनको कारबाही गर्न माग गर्द पार्टी केन्द्रीय कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएका रहेछन् । आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply