LATEST NEWS

मलेसिया उडेपछि बुहारीलाई बलात्कार गर्ने ससुरा प्रहरी खोरमा

Posted by Nepali Blogger ~ Tuesday, July 21, 2015

वीरगन्ज - पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान असार १४ गते देखि प्रहरी थुनामा छन् । आफ्नै बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।पदमका जेठा छोरा रोजगारीका सिलसिलामा डेढ वर्षदेखि मलेशियामा छन् । घरमा कोही नभएको मौका छोपेर पदमले २४ वर्षिया बुहारीलाई पटक-पटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्रेको हो ।

आफुलाई ससुराले पटक-पटक बलात्कार गरेको बलात्कृत ती महिलाले प्रहरीसामु बताएकी छिन् । गएको असार १३ गते राती बुहारीलाई खुकुरी देखाएर जर्बरजस्ती गर्ने प्रयास गर्दैगर्दा गाँउलेले नियन्त्रणमा लिएर पदमलाई प्रहरी चौकीमा बुझाएका थिए । प्रहरी चौकी ओडारले एक रात थुनामा राखेर उनलाइ असार १५ गते जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि उनि २० दिन देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित पदम विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जर्बजस्ती करणीको मुद्धा दर्ता गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक जिवालाल चुडालीलले जानकारी दिए । ‘आरोपित पदम स्याङ्तान २० दिनदेखि हिरासतमा छन् , घटनाबारे अनुसन्धान भैरहेको छ, वुधबार अदालतमा मुद्धा पेश गर्ने तयारीमा छौं निरिक्षक जिवालालले बताए ।

Related Posts

No comments:

Leave a Reply