LATEST NEWS

तर यसकारण धर्म निरपेक्षता चाहिन्छ' :चन्द्रमा अधिकारी

Posted by Nepali Google Boy ~ Thursday, July 30, 2015

नेपाल सबै नेपालीहरुको सामुहिक घर हो । त्यसकारण घरबाट पाउनुपर्ने हक अधिकार सबैले बराबर पाउनुपर्छ अनि दायित्व पनि समान रुपमा निभाउनुपर्छ । तर बिडम्बना यहाँ कसैलाई जातको निउमा त कसैलाई भाषाको नाममा अनि कसैलाई क्षेत्रको आधारमा पछि पारिएको छ । देश प्रतिको दायित्व त झन् कता हो कता ? अधिकारमा विभेद र दायित्वमा निभाउने जिम्मेवारीमा हामी यहि अवस्थामा रहिरहने हो भने दिगो शान्ति र विकास हाम्रा लागि सँधै एकादेशको कथा जस्तै बनिरहने भय व्याप्त छ । 



आम जनतामा नरहेको उग्र जातीबाद दलका नेताहरुको स्वार्थका कारण जर्वजस्ती जनतालाई घोकाइदैछ । सौहार्दता रमेको समाजमा क्रमश जातीवादी देखी धामिर्क र सांस्कृतिक खाडल चिरिँदै जाने डर पैदा हुन थालेको छ । सबै जातजातीको पहिचानलाई समेट्नेगरी संविधानमा व्यवस्था गरेर सधैको लागी सवैको समस्या समाधान गर्न लाग्नुपर्ने दलहरु त्यसबाट विमुख भइराखेका छन् । म हिन्दु युवती हुँ । 

सनातन हिन्दुधर्मावलम्वी । तर मैले कहिल्यै कुनै धर्मको बिरोध गरिन न आफ्नो धर्म र आस्थाको व्यापार र प्रचारबाजी नै । मैले कहिल्यै हिन्दु राज्यको वकालत पनि गरिन न त धर्म निरपेक्षताको बिरोध नै । तर धार्मीक रुपमा मेरो देश के रहने भन्ने यो निर्णायक घडिमा भने मैले केही बोल्नै पर्ने ठानेको छु । आज देशमा केहि मानीसहरु १८ औँ शताव्दिको सामन्ती सोच लिएर एकोहोरो रटान लगाइरहेका छन् के हिन्दु धर्म भएन भने नेपाल नै रहँदैन । 

मलाई उनिहरुसँग प्रश्न सोध्नुछ-के धर्म निरपेक्ष हुनु भनेको हिन्दु धर्मको विरोध गर्नु हो ? त्यसो भए आज छिमेकी राष्ट्र भारत लगायत विश्वको महाशक्ती अमेरिका लगायत राष्ट्रहरुमा संघिय शासन प्रणाली छ अनि धार्मिक रुपमा धर्म निरपेक्षता । के ति राष्ट्रहरु टुक्रिएका छन ? वा विलिन भएका छन् ? के त्यहाँ अर्काको धर्ममा विरोध छ ?? संघियताले देशलाई अझ एकता र मजबुत बनाउछ भने धर्म निरपेक्षताले सवै धर्महरुविच सह अस्तित्वमा बाँच्न सिकाउँछ । सर्व स्विकार्य विषय हो कि नेपाल बहुधार्मिक देश हो । नेपाल धर्मनिरपेक्ष हुनपर्छ भन्नुको अर्थ हिन्दुधर्मको अपमान होईन । सबैको सह अस्तित्व हुनुपर्छ भन्ने हो । हिन्दु धर्मको हार र अरु धर्मको जित होईन तर राज्य धर्मबाट अलग रहने कुरा मुख्य हो । आफुलाई मन परेको आफ्नो धर्म मान्न र धर्म नमान्न पाउने हक सबैलाई छुट रहनु पर्दछ भन्नु नै खुख्य कुरा हो । 

जहाँसम्म क्रिश्चियन धर्म मान्ने बढेको भन्ने कुरा छ त्यो त हिन्दु राजतन्त्र हँुदापनि बढेकै थियो । पञ्चायत कालमा आदीवासी जनजातीहरुको धर्म संस्कृती मेट्न खोज्नेहरु अहिले हिन्दु धर्मको रक्षक बन्न खोज्नु भने ताजुव लाग्दो विषय छ । हिन्दु धर्म प्रतिको विकर्षणको प्रमुख कारण जातीय छुवाछुतको प्रथा छ । यसलाई मेटेर अघि बढ्ने आँट र साहस गर्नुको साटो एकोहोरो हिन्दुराज्यको मागले हिन्दु धर्मावलम्वी बढ्ने वा अन्य धर्मावलम्वी घट्ने भन्ने हुनै सक्दैन । आफुलाई महान, आदर्श र विचारहरुको अनुयायी भन्नेहरु पनि हिन्दु राज्यको वकालत गर्दै हिँडेको देख्दा अचम्म लाग्छ । राजा महेन्द्रले निरंकुश पञ्चायत टिकाउनको लागी वि सं २०१९ मा नेपाललाई हिन्दु राज्य घोषणा गरेका थिए । 

जसलाई वि पि कोईरालाले जनता माथीको धोका भनेका थिए । वि पि कोईरालाबाट प्रस्तावित दस्तावेजको राजनीतिक व्यवस्था भन्ने भागमा “संविधान मार्फत नेपालमा जाती धर्म एवंम लिङ्गभेदबाट निरपेक्ष सबै नागरीकलाई मुलभुत राजनीतिक अधिकार अवस्य प्रधान गरीने छ ।”उल्लेख छ । विपि ले एकपटक कांग्रेस धर्मलाई नमान्ने पार्टी हो समेत भनेका छन् । वि पि धर्मका विरोधी थिएनन् । धर्म मान्ने मानीसको स्वतन्त्रताको उनी एकदमै सम्मान गर्दथे । उनले भनेको धर्म निरपेक्ष हुनु भनेको निश्चित धर्मविशेषको सिधै हिन्दु धर्मको विरोध गनु होईन । तर अचेलका वौद्धिक कांगे्रसहरु धर्मको राजनीतिमा पौडिन खोज्दा भने आदर्श पुरुष मानेर विविमाथि नै राजनीति पो गर्दैछन् कि भन्ने लाग्न थालेको छ । 

आन्दोलनमा उठेका मागहरुलाई व्यवहारमा उतार्ने हो भने त पहिला कमल थापा, ज्ञानेन्द्र शाह तत्कालिन सुरक्षा प्रमुखहरुलाई देशनिकाला गर्नुपर्ने हुन्छ । जनआन्दोलनका खास नारा उनिहरुले गरेका दमन अनि उनिहरुका कर्तुत विरुद्ध लक्षित थिए । खै कहाँ गए जनताका ति माग र निर्देशनहरु ? जनताका खास मागलाई मोडेर एकधर्मलाई संवैधानिक वनाउन खोज्नु दुर्भाग्य हो । यसमा धर्म भन्दा राजनीतिक लाभको कुचेष्ठा बढी देखिन्छ । जवसम्म हामीले नेपालको विविधतालाई आत्मसाथ गर्दै स्विकार गर्न सक्दैनौं नेपालको भौगोलीक, जातीय, धार्मिक, सांस्कृतिक विविधतालाई चिन्न सक्दैनौँ र राज्यले त्यसलाई समान व्यवहार गर्दै सांकृतिक संरक्षण गर्न सक्दैन तबसम्म धर्मको घोषणा जे सुकै गरेपनि त्यसले तात्विक अर्थ राख्दैन । 

मुख्य कुरा धर्म जोगाउनु भनेको उनिहरुको संस्कृति र संस्कारको संरक्षण र सम्वद्र्धन गर्ने हो । फगत धर्म घोषणा गरेर न धर्म रहन्छ न त हाम्रो खास पहिचानको संस्कृतिनै । धर्म सत्कर्मले हुन्छ । धर्मको राजनीतिले धर्म हुदैन । धार्मिक संकिर्णता, जातीय अहमता, व्यक्ति केन्द्रित र स्वार्थी राजनीति, अन्धभतm लावालस्कर हुल समाज विश्रृंखल बनाउने र शान्ति र विकास भाँडेर मारकाट मौलाउने मुख्य कारण हुन् । जव हर मानव जातीमा यो कुराको बोध भई यो सिङ्गो मानव जाती एक हौँ भन्ने भावनाको विकाश हुन्छ तव मात्र शान्ति र विकास संभव हुन्छ । समग्रमा सवै धर्मको सार एउटै हो ।
अरुको भलो, अहिंसा, शान्ति, भातृत्व जस्ता मुख्य कुरा सबै धर्मका सार हुन् । त्यसैले सबै धर्मको सम्मान गर्ने संस्कारको विकास गरी हामी धर्म राज्य खोज्नतिर भन्दा हाम्रो संस्कृति र परम्परा संरक्षण र विकासमा लाग्नु जरुरी छ । जसले विश्वलाई सन्देश दिन सकोस् कि राज्यको धार्मीक आस्था विना पनि मौलिक परम्परा र संस्कृतिमा आफ्ना परम्परागत चालचलन र रितिरिवाज सँधै अजर अमर बनाएर राखिरहन सकिन्छ ।

Categories
Tags

Related Posts

2 comments:

  1. म चन्द्रमा दिदी को कुरामा शहमत छु यहाँ एउटा धर्मले अर्को धर्मको हस्तछेप गर्न खोजेको होइन सम्पूर्ण धर्म को मर्म एउटै हो मोक्ष प्राप्त गर्ने त्यसइ ले धर्म को नम्मा अध्र्म गर्दै छ् नेताहरु यहाँ आफुले आफ्नो ठाउमा आफ्नो कर्तब्य पुरा गर्न सक्नु जस्तो ठुलो धर्म म देख्दिन

    ReplyDelete
  2. यो कुरा सहि हो दिदी

    ReplyDelete