एएफसी यु–२३ छनोटःखेलाडी ले १७ दिन खाना खानु नपर्ने किन भने, नेपालले खायो १७ गोल, रित्तो हात घर फर्कँदै
काठमाडौं, चैत्र १७ - इरानको तेहरानमा भएको एएफसी यु–२३ फुटबल प्रतियोगिताअन्तर्गत् समूह ‘सी’को छनोट खेलमा नेपालले बिर्सनयोग्य प्रदर्शन गरेको छ ।
अन्तिम छनोट खेलमा मंगलबार प्यालेस्टाइनसँग पनि फराकिलो हार बेहोरेसँगै नेपाल रित्तो हात घर फर्कन लागेको हो । नेपाल प्यालेस्टाइसँग ४–० ले पराजितभयो । मध्यान्तरअघि एक गोललेमात्र पछि परेको नेपालले मध्यान्तरपछि भने तीन गोल खायो ।
प्रतियोगितामा नेपालले १७ गोल खाँदा एक गोल पनि गर्न सकेन । यसअघि नेपाल आयोजक इरानसँग ५–० ले, अफगानिस्तानसँग २–० ले तथा साउदी अरेबियासँग ६–० ले पराजित भएको थियो ।

No comments: