एमले नेता ढकाल लाई स्वाइन्फ्लु को काल ले छोयो काल बाट बाँच्न भरत बाट एअर यम्बुलेन्स आउँदै
काठमाडौं, चैत्र १५ / एमाले पोलिटव्युरो सदस्य तथा पूर्व सांसद रामनाथ ढकाल स्वाइन फ्लु संक्रमणबाट सिकिस्त भएका छन् /
तीन दिनदेखि राजधानीको ग्रान्डी अस्पतालमा उपचाररत ढकालको अवस्था जटिल भएकाले सोमबार एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लैजाने तयारी छ ।

ग्रान्डी इन्टरनेशनल अस्पतालमा गत शुक्रवारदेखि भर्ना भएका ढकाललाई स्वाइन फ्लु र छातीको संक्रमण सँगै अन्य चिकित्सकिय समस्या समेत देखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले जानकारी दिए । 'उहाँलाई धेरै समस्या देखिएको छ, हामी आफ्नो सवै स्रोत साधनको उपयोग गरेर निको गर्ने प्रयास गरिरहेका छौं,' डा.पाण्डेेले भने ।
हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार सामान्य ज्वरो र रुघाखोकी सँगै सुख्खा खोकी र घाँटीमा अप्ठेरो भएपछि ढकाल आफैं गाडी चलाएर अस्पताल गएका थिए ।
अस्पतालमा जाने वित्तिकै चिकित्सकहरुले निमोनियाको समस्या औंल्याउदै तत्काल भर्ना गरेका थिए । भर्ना भएपछि पनि उनको समस्या बढै जटिल अवस्थामा पुगेको हो । चिकित्सकहरुले अन्यत्र लैजाने सुझाव दिएपछि एमालेले आइतबार नै एयर एम्बुलेन्स दिल्लीबाट मगाएको थियो । 'दिल्लीको मौसम खराबीका कारण एयर एम्बुलेन्स आउन सकेन, सोमबार बिहान ११ बजेसम्म त्यहा लैजाने तयारी छ,' एमाले कार्यालय सचिव श्रेष्ठले भने ।
ढकाललाई ग्रान्डी अस्पतालबाटै हेलिकप्टर मार्फत् त्रिभु्वन अन्तराष्ट्रिय विमानस्थल पुर्याई एयर एम्बुलेन्सबाट इन्दिरा गान्धी एयरपोर्ट र त्यहाँबाट पनि एपोलोसम्म हेलिकप्टरमा लैजाने व्यवस्था एमालेले मिलाएको छ । 'उहाँलाई अधिकतम हेरविचार गर्नुपर्ने भएको सबै व्यवस्था मिलाएको छौं,' उनले भने, 'सम्पूर्ण व्यवस्थापन पार्टीले गरिरहेको छ ।' ढकालको स्वास्थ्य अवस्था बुझ्नका लागि एमालेका प्रमुख नेता र कार्यकर्ताहरु अस्पताल पुगेका छन् । ढकाल एक साताअघि काठमाडौ बाहिर पाल्पा गएका थिए । त्यहाको कार्यक्रमबाट फर्केपछि उनी बिरामी परेका थिए ।

No comments: