LATEST NEWS

रसियाले भ्रमणका लागि अन्तरिक्षमा पर्यटक पठाउने

Posted by Unknown ~ Tuesday, March 24, 2015



मस्को - विगतको धेरै वर्षदेखि व्यवसायिक दक्ष अन्तरिक्ष यात्री तथा अन्तरिक्ष वैज्ञानिकलाई विभिन्न ग्रह तथा अन्तरिक्षमा पठाउँदै आएको अन्तरिक्ष पर्यटन रसियाले सन् २०१८ देखि पु्नः चालु गर्ने भएको छ । 
रसियाले अन्तरिक्षमा स्थापना गरेको ‘इन्टरनेसनल स्पेस स्टेसन’मा निर्धारित शुल्क लिई सन् २००१ देखि २००९ सम्म सात जना अतिथिहरुलाई पठाइएसकेको थियो । 

सन् २००९ देखि रसियाले उक्त अन्तरिक्ष पर्यटन कार्यक्रम स्थगित गरेको थियो । सन् २०११ देखी संयुक्त राज्य अमेरिकाले अन्तरिक्षमा ओहोरदोहोर गर्ने कार्यक्रम स्पेस सटल प्रोग्राम  बन्द गरेपछि पृथ्वीको अक्षांशमा भूउपग्रह पठाउने कामका लागि रसियाली ‘सोयुज’ रकेटमाथि मात्र भर पर्नुपरेको थियो । 
यस अर्थमा अन्तरिक्ष यात्रामा वैज्ञानिकहरु मात्र जाने गर्दथिए, पर्यटकहरु जान पाउँदैन थिए ।  तर निर्धारित शुल्क तिरेर इच्छुक व्यक्ति अन्तरिक्ष पर्यटन भ्रमणमा जानु पाउने गरी रसिया २०१८ खुल्ला गर्ने भएको रसियालाई अधिकारीहरुले बताएका छन् । 
रसिया सरकारद्वारा सञ्चालित रकेट निर्माण गर्ने एक कम्पनी आर के इनर्जियाबाट प्रकाशित प्रतिवेदनमा अन्तरिक्ष पर्यटन भ्रमणका लागि मानवीय सुविधा उपलब्धहरु नै विशेष प्रकारको रकेट निर्माण गर्ने सबै पूर्वाधारहरु पूरा भएको जनाएको छ । 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply