LATEST NEWS

कांग्रेस-एमालेमात्र यो देशका पार्टी, अरु सबै एनजिओ : केपी ओली

Posted by Unknown ~ Thursday, March 5, 2015



काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेमात्र नेपालका पार्टी भएको बताएका छन् । एमाओवादी र मधेसवादीसहितका दलहरुलार्इ एनजिओको संज्ञा दिँदै अध्यक्ष ओलीले एनजिओ कहिले पनि जनताको पार्टी हुन नसक्ने बताएका हुन् । बिहीबार एमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजित ४२ औं सहिद स्मृति दिवस कार्यक्रमममाबोल्दै अध्यक्ष ओलीले अन्य दललार्इ एनजिओको संज्ञा दिएका हुन् । 

'कांग्रेस र एमालेमामात्र राजनीतिक दलको चरित्र छ', अध्यक्ष ओलीले भने, 'अरु सबै एनजिओमात्र हुन् । एनजिओहरु कहिले दल बन्न सक्दैनन् ।'  एमाओवादीप्रति कडारुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले करोडौं खर्च गरेर कार्यकर्ता खुलामञ्चमा जम्मा गर्दैमा आन्दोलन सफल भएको भ्रममा नपर्न चेतावनी दिए । उनले संविधान निर्माणका बेला आन्दोलन गरेर जनतालार्इ नभड्काउन पनि एमाओवादी मोर्चालार्इ खबरदारी गरे ।ओलीले एनजिओहरुले दल बन्ने कोशिस गरेर देश र जनतालार्इ भ्रममा पारेको उल्लेख गर्दै कांग्रेस र एमालेमात्र जनताको प्रतिनिधित्व गर्ने बताए । 

त्यसैगरी यदु स्मृति प्रतिष्ठानले बिहीबार राजधानीमा गरेको १६ औं यदु स्मृति दिवस तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै ओलीले अन्य दलका कार्यकर्तालार्इ एमालेमा आउन आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी मालेका संस्थापक राधाकृष्ण मैनालीलाई पार्टी प्रवेश गराएतर्फ संकेत गर्दै ओलीले अरु पार्टीका नेतालाई एमालेमा प्रवेश अभियान चलाइरहेको जानकारी दिए । पछिल्लो समय एमालेको प्रतिष्ठा बढे राष्ट्रिय राजनीतिको केन्द्रमा रहेकाले अन्य पार्टीका कार्यकर्तालाई एमालेमा भित्र्याएर सामुहिक ब्रतबन्ध गरिदिने उनको भनाइ थियो । 

 एमालेसँग अब कांग्रेसले पनि प्रतिस्पर्धा गर्न नसक्ने ओलीको दाबी थियो । ‘कांग्रेस विस्तारै कम्जोर बन्न थालेको छ', उनले भने, 'भोलिका दिनमा एमालेसँग कांग्रेसले प्रतिस्पर्धा गर्न सक्दैन ।’ कार्यक्रममा यदु स्मृति प्रतिष्ठानले हिंसा, हत्या विरुद्ध कलम चलाएको जनाउँदै अन्नपूर्ण पोस्टका बरिष्ठ संवाददाता बालकुमार नेपाललाई यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । नेपाललार्इ १५ हजार रुपैयाँ पुरस्कारको राशीसहितले सम्मानित गरियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply