LATEST NEWS

बाख्रा चराउन जङ्गल गएकी नातिनीलाई बलात्कार

Posted by Unknown ~ Saturday, March 28, 2015

गोरखा, चैत १४– नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । 

श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो ३ बजे बलात्कार गरेको पारिवारिक स्रोतले जनाएको छ । बाख्रा चराउन जङ्गल गएकी नातिनीलाई गुरुङले बलात्कार गरेको खुलेको हो । 

अघिल्लो हप्ता घटना घटे पनि गाउँमै मिलाउने प्रयास हुँदा घटना बाहिर आएको थिएन । गाउँमा कुरा नमिलेपछि शुक्रबार प्रहरीकहाँ उजुरी आएको थियो । प्रहरीले इन्द्रबहादुरलाई आज पक्राउ गरेको जनाएको छ । 

प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इन्द्रबहादुरलाई पक्राउ गरी जिप्रका ल्याइएको हो । इन्द्रबहादुरलाई आइतबार जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply