LATEST NEWS

चिनियाँ नागरिकबाट १ लाख डलर बरामद डलर तस्करीको नयाँ रुट एयरपोर्ट

Posted by Anonymous ~ Friday, March 27, 2015


काठमाडौ, चैत्र १३ - राजधानीबाट चीनको गोन्जाओ जान लागेकी एक महिलाको साथबाट प्रहरीले १ लाख अमेरीकी डलर बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिहीबार राति साउदर्न एयरबाट त्यहाँ जान लागेकी ५० बर्षीया यिङ लोउको साथबाट महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालयले १ लाख १३ हजार २ सय ५० अमेरीकी डलर बरामद गरेको हो । बिमानस्थल सुरक्षा प्रमुख नायब महानिरीक्षक (डीआईजी) बिजयलाल कायस्थले विदेशी नागरिकले डलर तस्करी गर्न लागेको सुचनाका आधारमा चेकजाँच गर्ने क्रममा चिनियाँ नागरिकलाई पक्राउ गरेको बताए । कायस्थका अनुसार पक्राउ परेकी यिङले कपडाको ब्यापार गरेको डलर बताए । 'तर बिश्वास गर्ने आधार छैन' उनले भने 'कपडाको ब्यापार गर्ने बताएपनि कहाँबाट पैसा आएको, हो कसले दिएको हो, केही खुलाएकी छैनन् ।' यिङको अंग्रेजी र नेपाली दुवै भाषा नबुझ्ने समस्याले समेत अनुसन्धानमा कठिनाई भएको बताए । डीआईजी कायस्थका अनुसार पछिल्लो दुई बर्षमा यिङ पटकौं पटक नेपाल आउँदै जादैं गरेकी छिन् । 'उनको नियमित आउने जाने क्रमले यिनी डलर तस्करीमा संलग्न रहेको अनुमान गर्न सकिन्छ' कायस्थले भने 'कुनै दिन त बिहान आएर बेलूका फर्किएकी छन् ।' सन् २०१४ मा यिनी १६ पटक र २०१५ को तीन महिनामा १२ पटक नेपाल आउने जाने गरेकी छन् । प्रहरीले यिङलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग पठाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply