LATEST NEWS

अर्थमन्त्रीमाथि ढुंगा प्रहार

Posted by Unknown ~ Wednesday, March 25, 2015

प्रहरी र अखिल (क्रान्तिकारी) बीच झडप काठमाडौँ, चैत ११ –अर्थमन्त्री डा.रामशरण महतको गाडीमाथि ढुंगा हानिएको छ । ३३ दलिय मोर्चाको भातृसंगठनका कार्यकर्ताले अर्थमन्त्री महत चढेको गाडीमा पोखरामा ढुंगा हानेका हुन् । 



चैत ११ गतेबाट बहालवाला मन्त्रीलाई कालो झण्डा देखाउने र कार्यक्रम बहिष्कार गर्ने मोर्चाका भातृसंगठनको पूर्वनिर्धारित कार्यक्रम हो । साना किसान कृषि सहकारीको कार्यक्रममा कास्कीको सल्यानमा जानेक्रममा पोखराको सिम्पानीमा महतको गाडीमाथि ढुंगा हानिएको बुझिएको छ । मन्त्रीको गाडीलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले विद्यार्थी संगठनका केही नेता तथा कार्यकर्तालाई पक्राउ गरेपछि विद्यार्थीहरुले रिहाईको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको गेट अगाडी चक्काजाम गरेका थिए । त्यसपछि प्रहरीले चक्काजाम खुलाउने क्रममा प्रहरी र अखिल (क्रान्तिकारी) बीच झडप भएको छ । 



दुबै पक्षको ढुंगा हानाहानले क्याम्पसगेट वरपरको क्षेत्र तनाबग्रस्त बनेको छ । झडपमा प्रहरीले दुई राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको थियो । झडपमा ७ जना विद्यार्थी र दुई जना प्रहरी घाइते भएको बताइएको छ । विद्यार्थी नेताहरु दिनेश पौडेल, नेत्र चापागाईँ, क्षितिज सापकोटा, विशाल गुरुङ र लक्ष्मीप्रसाद सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply